• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इन्धन मूल्यमा उछाल आएसँगै डलर बलियो, विश्व अर्थतन्त्रमा मन्दीको खतरा

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन २५, सोमबार १२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन डिसी । मध्यपूर्वमा बढ्दै गएको युद्धका कारण तेलको मूल्य आकाशिएपछि  विश्व बजारमा अमेरिकी डलरको मूल्य 

    ह्वात्तै बढेको छ। लामो समयसम्म युद्ध लम्बिने र यसले ऊर्जा आपूर्तिमा अवरोध पुर्‍याई विश्वव्यापी आर्थिक वृद्धिलाई असर गर्ने डरले लगानीकर्ताहरू सुरक्षित मानिने डलरतर्फ आकर्षित भएका हुन्। 

    सोमबार अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ। एसियाली बजारमा सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरको नजिक पुगेको थियो। यद्यपि, जी-७ का अर्थमन्त्रीहरूले आपतकालीन भण्डारबाट तेल निकाल्ने विषयमा छलफल गर्ने समाचार बाहिरिएपछि मूल्यमा सामान्य गिरावट आएको छ। 

    तेलको मूल्य वृद्धिसँगै युरो, स्टर्लिङ पाउन्ड र अस्ट्रेलियन डलरको मूल्यमा ०.६ देखि ०.७ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिका ऊर्जा निर्यात गर्ने मुलुक भएकाले पनि युरोपेली देशहरूको तुलनामा डलर बढी सुरक्षित र बलियो देखिएको हो।

    बजार विश्लेषकहरूका अनुसार इन्धनको मूल्य वृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक वृद्धि रोक्ने डरले लगानीकर्ताहरू जोखिम मोल्न चाहिरहेका छैनन्। विशेष गरी मध्यपूर्वको तेल र ग्यासमा बढी निर्भर रहने एसियाली क्षेत्र यस ऊर्जा संकटबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। 

    इरानले आफ्नो कट्टरपन्थी अडान कायम राख्दै उत्तराधिकारी घोषणा गरेको र ओमान खाडीको जलमार्गमा आक्रमण जारी राखेका कारण विश्वको झण्डै २० प्रतिशत इन्धन आपूर्तिमा अवरोध पुगेको छ।

    कतारका ऊर्जा मन्त्रीले खाडीका ऊर्जा उत्पादकहरूले निर्यात ठप्प पार्न सक्ने चेतावनी दिएका छन्, जसले गर्दा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। उच्च ऊर्जा मूल्यले करको जस्तै काम गर्ने र महँगी बढाउने हुँदा केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना पनि कम हुँदै गएको छ। यसले गर्दा आगामी साताहरूमा विश्व बजार अझै अस्थिर र चुनौतीपूर्ण बन्ने देखिएको छ।

    Post Views: 85
    प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार १२:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • २. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ३. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ४. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ५. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.