• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ६, शुक्रबार १०:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिकी सेनाको एफ-३५ लडाकू विमानले आकस्मिक अवतरण गरेको छ। इरानमा सैन्य कारबाहीमा परिचालित एफ-३५ स्टेल्थ लडाकू विमानले बिहीबार मध्यपूर्वको एउटा अमेरिकी सैन्य अड्डामा आकस्मिक अवतरण गरेको हो।

    उक्त लडाकू विमानमा इरानी आक्रमण भएको आशंकापछि आकस्मिक अवतरण गराइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

    अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानमाथिको कारबाही क्रममा उडिरहेको बेला लडाकू विमान आपतकालीन अवतरण गर्न बाध्य भएको बताएका छन्।

    उनले विमान सुरक्षित अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको बताएका छन्। ‘विमान सुरक्षित रूपमा अवतरण भएको छ र पाइलट स्थिर अवस्थामा छन्। घटनाबारे अनुसन्धान भइरहेको छ,’ हकिन्सले भने।

    गत फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धमा इरानले अमेरिकी विमानमा प्रहार गरेको यो पहिलो घटना हुन सक्ने बताइएको छ। उक्त द्वन्द्वमा अमेरिका र इसराइल दुवैले एफ-३५ जेट प्रयोग गरिरहेका छन्।

    यसको मूल्य १० करोड डलरभन्दा बढी पर्ने सिएनएनले जनाएको छ। एफ-३५ लडाकू विमान स्टेल्थ विमान हो। यसमा अत्याधुनिक सेन्सर र हतियार प्रणाली हुन्छ। रडारबाट सजिलै नदेखिने भएका कारण यसले शत्रु क्षेत्रमा लुकेर प्रवेश गर्ने क्षमता राख्छ।

    यसअघि पनि युद्धका क्रममा अमेरिका केही विमान गुमाइसकेको छ। तर तीमध्ये कुनै पनि शत्रुपक्षको आक्रमणबाट खसेको पुष्टि अमेरिकाले गरेको छैन।

    युद्धको पहिलो सातामै अमेरिकी सेनाको तीन वटा एफ-१५ लडाकु विमान कुवेतमा खसेको थियो। त्यतिबेला कुवेती हवाई प्रतिरक्षा प्रणालीले नै भूलवश अमेरिकी लडाकू विमान खसालेको भनिएको थियो। विमान खस्दै गर्दा चालक दलका सदस्यहरू प्यारासुटमा बाहिर निस्केका थिए।

    Post Views: 87
    प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार १०:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.