काठमाडौं– सन्निकट प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहले मुस्लिम समुदायको पर्व इद उल फित्रको शुभकामना दिएका छन्।
शनिबार परेको पर्वमा मुस्लिम समुदायलाई सामाजिक सञ्जालमार्फत बालेनले ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ’ भनेका छन्।
उनी लेख्छन्,‘एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस्। ईद मुबारक!’






