• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

निर्वाचनबारे राखेपसँग एन्फाको जवाफ, प्रतिनिधि पठाउन अनुरोध

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ११, बुधबार १७:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आफ्नो आधिकारिक सफाइ पेस गर्दै आगामी निर्वाचन प्रक्रियामा प्रतिनिधि पठाउन आग्रह गरेको छ।

    राखेपले निर्वाचनसम्बन्धी गतिविधि रोक्न निर्देशन दिँदै २४ घण्टाभित्र स्पष्टीकरण माग गरेपछि एन्फाले बुधबार लिखित जवाफ बुझाएको हो। सो पत्र युवा तथा खेलकुद मन्त्रालयलाई समेत जानकारीका लागि पठाइएको एन्फाले जनाएको छ।

    एन्फाले आफ्नो जवाफमा राष्ट्रिय खेलकुद विकास ऐनका प्रावधान उल्लेख गर्दै राखेपले गरेको पत्राचारलाई अस्वीकार गरेको छ। संघले ऐनअनुसार निर्देशन पालन गर्दै आएको दाबी गर्दै उल्लंघन भएको भन्ने आरोप आधारहीन रहेको उल्लेख गरेको छ। साथै, विगतका निर्देशन तथा पत्राचारहरूको जवाफ समयमै दिइएको र आवश्यक कारणसहित विवरण प्रस्तुत गरिएको एन्फाको भनाइ छ।

    चैत ५ मा प्राप्त पछिल्लो पत्रको जवाफ चैत ८ मै लिखित रूपमा पठाइएको र संघको निर्वाचन सम्बन्धमा अन्तर्राष्ट्रिय निकायहरूको निर्देशनबारे समेत जानकारी गराइएको एन्फाले स्पष्ट पारेको छ। पाटन उच्च अदालतको निर्णय तथा फिफा र एएफसीका निर्देशनहरूलाई आधार मानी निर्वाचन प्रक्रियामा अघि बढिएको पनि उल्लेख गरिएको छ।

    एन्फाले आफू अन्तर्राष्ट्रिय फुटबल महासंघहरू-फिफा र एएफसीसँग आबद्ध नेपालको एक मात्र फुटबल संस्था भएको उल्लेख गर्दै संघको संरचना स्वायत्त रहेको तर्क प्रस्तुत गरेको छ। साथै, राखेपको स्वीकृत विधानअनुसार संघ सञ्चालन भइरहेको दाबी पनि गरिएको छ।

    संघले फिफा र एएफसीका नियम तथा निर्देशनहरू पालना गर्नुपर्ने भएकाले सोहीअनुसार प्रक्रिया अघि बढाइएको र तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य नहुने प्रावधानसमेत स्मरण गराएको छ। यसै सन्दर्भमा चैत १३ मा निर्धारित निर्वाचन स्थगित भएमा अन्तर्राष्ट्रिय सहयोगमा समेत असर पर्न सक्ने एन्फाको भनाइ छ।

    एन्फाले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै राखेपबाट निलम्बनजस्ता कारबाही उचित नहुने तर्क गरेको छ। साथै, सम्भावित विवाद समाधान गर्दै निर्वाचन प्रक्रियामा सहजीकरण गर्न प्रतिनिधि पठाइदिन अनुरोधसमेत गरिएको छ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १७:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.