• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १७, मंगलवार १७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा कार्यक्रम चलाउने भएको छ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सातै प्रदेशमा निर्वाचन समीक्षा र पार्टीको आगामी बाटो निर्धारणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

    पार्टीले १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गर्दै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गर्ने भएको महामन्त्री प्रदीप पौडेलले बताए।

    कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेश कार्यसमितिका सभापतिको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र उम्मेदवारलाई सहभागी गराइने भएको छ।

    कार्यक्रम तालिका

    • कोशी प्रदेश: विराटनगर, २०८२ चैत्र २३, संयोजक: डा. डिला संग्रौला पन्त
    • मधेश प्रदेश: जनकपुर, २०८२ चैत्र २५, संयोजक: श्री फरमूल्लाह मंसुर
    • बागमती प्रदेश: हेटौडा, २०८३ वैशाख ७, संयोजक: श्री बहादुर सिंह लामा
    • गण्डकी प्रदेश: पोखरा, २०८२ चैत्र २७, संयोजक: श्री देवराज चालिसे
    • लुम्बिनी प्रदेश: दाङ, २०८२ चैत्र २९, संयोजक: श्री योगेन्द्र चौधरी
    • कर्णाली प्रदेश: सुर्खेत, २०८३ वैशाख ३, संयोजक: श्री कर्णबहादुर बुढा
    • सुदूरपश्चिम प्रदेश: कैलाली, २०८३ वैशाख ५, संयोजक: श्री प्रकाश रसाइली स्नेही

    पार्टीले यस कार्यक्रममार्फत् निर्वाचन अनुभवको समीक्षा गर्दै भविष्यका रणनीति निर्माण गर्ने उद्देश्य राखेको महामन्त्री पौडेलले जानकारी दिए ।

    Post Views: 67
    प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १७:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम
    राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
    शुक्लाफाँटामा बाघ गणना सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

    • २. राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी

    • ३. शुक्लाफाँटामा बाघ गणना सम्पन्न

    • ४. एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने सहमति

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.