• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २८, शनिबार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मस्को । रुसका पूर्व उप-रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ ।

    सन् २०२४ मा पक्राउ परेका उनीमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य–थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रुसको ‘सैन्य डिज्नील्यान्ड” भनेर पनि चिन्ने गरेका छन् ।

    उक्त परियोजना प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई शोइगुको पहलमा निर्माण गरिएको हो । यसको उद्देश्य युवापुस्तामा राष्ट्रिय गौरव जगाउने र सोभियत तथा रुसी सैन्य शक्ति प्रदर्शन गर्ने रहेको थियो । पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, सङ्ग्रहालय र सम्मेलन केन्द्र समेटिएको छ । साथै सोभियत र रुसी सैनिकहरूको मोजाइकसहित रुसी सशस्त्र बलको विशाल खाकी रङको क्याथेड्रल पनि रहेको छ ।

    क्रेमलिनका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त चर्चका लागि प्रयोग गरिएको मुख्य आइकन निर्माणमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए ।

    सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार पोपोभ प्याट्रियट पार्कको विकास र मर्मतसम्भारका जिम्मेवार अधिकारी थिए । अनुसन्धानकर्ताहरूले उनले मस्को क्षेत्रमा आफ्नो निजी सम्पत्तिको पुनर्निर्माणका लागि पार्कको बजेटबाट दुई करोड ५० लाख रुबल (करिब तीन लाख २४ हजार अमेरिकी डलर) भन्दा बढी रकम दुरुपयोग गरेको निष्कर्ष निकालेका छन् ।

    सरकारी समाचार संस्था तासका अनुसार पोपोभले आरोप अस्वीकार गरेका छन् र उनका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । अदालतले उनलाई सजायसँगै आठ करोड ५० लाख रुबल (करिब ११ लाख डलर) जरिवाना पनि तोकेको छ ।

    यसै मुद्दासँग सम्बन्धित अर्को घटनामा प्याट्रियट पार्कका निर्देशक तथा रक्षा मन्त्रालयको इनोभेसन विभागका सहायक मेजर जनरल भ्लादिमिर सिश्तेरोभलाई पनि दोषी ठहर गरिएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने पोपोभसँगै आरोपित अर्का अधिकारीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।

    पूर्व रक्षामन्त्री सर्गेई शोइगुसँग सम्बन्धित कम्तीमा एक दर्जन अधिकारीहरू रुसी सैन्य नेतृत्वभित्रको पद दुरुपयोगसम्बन्धी व्यापक अनुसन्धानको दायरामा परेको बताइएको छ ।

    पोपोभ सन् २०१३ देखि जुन २०२४ सम्म उप–रक्षामन्त्रीका रूपमा कार्यरत थिए । उनलाई गत वर्ष राष्ट्रपति आदेशमार्फत पदबाट बर्खास्त गरिएको थियो ।

    Post Views: 86
    प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार ०९:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.