• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो कूटनीतिक तिक्ततालाई कम गर्न नयाँ पहल हुन लागेको हो ।

    अ जजिराका अनुसार पाकिस्तानको विदेश मन्त्रालय सम्बद्ध स्रोतले यो महत्वपूर्ण वार्ताको आतिथ्यताका लागि पाकिस्तानले प्रस्ताव गरेको जनाएको छ । इस्लामाबादले दुई देशबीचको संवादलाई सहज बनाउन आफ्नो भूमि उपलब्ध गराउन तयार रहेको जनाएको हो ।

    यसअघि गत साता भएको छलफलमा भने कुनै ठोस प्रगति हुन सकेको थिएन । तेहरानका अनुसार अमेरिकी प्रतिनिधिमण्डलको ‘अत्यधिक माग’ र ‘राजनैतिक इच्छाशक्तिको अभाव’ का कारण गत साताको वार्ता निष्कर्षमा पुग्न सकेन ।

    यता वासिङ्टनले भने इरान अझै पनि सम्झौता गर्न इच्छुक रहेको दाबी गरेको छ । इरानमाथि लगाइएका प्रतिबन्ध र आणविक कार्यक्रमका विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद जारी छ । यदि पाकिस्तानमा वार्ता सफल भएमा यसलाई मध्यपूर्वको सुरक्षा र वैश्विक राजनीतिमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिनेछ ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार ०६:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी
    हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता
    अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    • २. अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

    • ३. कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    • ४. जेन जेड आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन समिति गठन

    • ५. सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.