• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ८, मंगलवार ०६:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् । युद्ध अन्त्यका लागि पुनः वार्ता हुने वा नहुने भन्ने अन्योल कायमै रहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।

    एक हप्ताअघि सुरु भएको अमेरिकी नाकाबन्दीले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिरहेको दाबी ट्रम्पले गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा लेख्दै उनले यस द्वन्द्वमा अमेरिका निकै अगाडि रहेको र जितिरहेको उल्लेख गरेका हुन् ।

    अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिँदैछ । शान्ति वार्ताको दोस्रो चरण पाकिस्तानमा हुने भनिए पनि त्यसबारे अझै अनिश्चितता छ । वार्ताको तयारीका लागि पाकिस्तानको राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट प्रस्थान गरेका छैनन् । उता इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे कुनै निर्णय गरिसकेको छैन ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी सुरु भएदेखि हालसम्म २७ वटा जहाजलाई इरानी बन्दरगाहतिरै फिर्ता पठाइएको छ । आइतबार मात्रै अमेरिकाले नाकाबन्दी तोड्न खोज्ने इरानी झण्डावाहक एक मालबाहक जहाजलाई पहिलो पटक नियन्त्रणमा लिएको छ ।

    अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सेनाले उक्त जहाजलाई चेतावनी दिएको र त्यसपछि सैनिक हेलिकप्टरबाट जहाजमा ओर्लिएर नियन्त्रणमा लिएको देखिन्छ । इरानले यस कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ, जसका कारण खाडी क्षेत्रमा थप तनाव बढ्ने देखिएको छ ।

    Post Views: 136
    प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार ०६:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.