• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालको व्यापार घाटा अझै बढ्यो, १७ खर्बको व्यापार हुँदा १२ खर्ब घाटा

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ८, मंगलवार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चालू आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा नेपालको व्यापार घाटा १२ खर्ब पुगेको छ । ९ महिनाको अवधिमा १७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार हुँदा १२ खर्ब बढीको व्यापार घाटामा रहेको हो ।

    चालू आवको साउनदेखि चैत्रसम्म १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

    यस अवधिको वैदेशिक व्यापारमा नेपालले १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको थियो । भन्सार विभागका अनुसार चालू आवको ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो । सो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    चालू आवको चैत्रसम्म दुई खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

    Post Views: 100
    प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार ०८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.