• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल अनुगमन तीव्र, सेवाग्राहीमैत्री व्यवहारमा जोड दिन निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २१, सोमबार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शासकीय सुधारअन्तर्गत तय गरिएको एक सय बुँदे कार्ययोजनाको कार्यान्वयनलाई अगाडि बढाउँदै स्वास्थ्य सेवा प्रणाली सुधारमा अनुगमन गतिविधि विस्तार गरेको छ।

    गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा नियमित अनुगमन सञ्चालन गर्दै आवश्यक सुधारका लागि निर्देशन जारी गरेको जनाएको छ।

    सोही क्रममा सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा काठमाडौँको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण गरिएको थियो। अनुगमनपछि अस्पताललाई सुधारात्मक कदम चाल्न औपचारिक रूपमा पत्राचार गरिएको छ।

    मन्त्रालयले अस्पतालमा ओपिडी, आकस्मिक सेवा, फार्मेसी तथा रेडियोलोजी सेवामा बिरामीको प्रतीक्षा समय घटाउने व्यवस्था गर्न निर्देशन दिएको छ। त्यस्तै, सेवा लिने नागरिकप्रति सम्मानजनक र मैत्रीपूर्ण व्यवहार सुनिश्चित गर्न पनि स्पष्ट आग्रह गरिएको छ।

    आकस्मिक अवस्थामा आवश्यक जनशक्ति उपलब्ध गराउने, सरसफाइ तथा सुरक्षा व्यवस्थापन सुदृढ गर्ने, र कर्मचारीको नियमित उपस्थितिलाई कडाइका साथ लागू गर्ने विषयमा पनि मन्त्रालयले जोड दिएको छ। साथै, अस्पतालका उपकरणहरू सञ्चालन योग्य अवस्थामा राख्न तथा ओपिडी समयमा औषधि प्रतिनिधिहरूको प्रवेश नियन्त्रण गर्नसमेत निर्देशन दिइएको छ।

    यसअघि मन्त्रालयले भेरी अस्पताल, नारायणी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालमा समेत अनुगमन सम्पन्न गरिसकेको जनाएको छ।

    Post Views: 94
    प्रकाशित मिति: २०८३ बैशाख २१, सोमबार २०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.