• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ११, सोमबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानकाबीच आइतबार आफूले अमेरिकी वार्ताकारहरूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ निर्देशन दिएका छन् ।

    “वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् ।

    उनले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्छन् “सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।”

    गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।

    राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ जति वेला अमेरिका र इरानबीच नयाँ युद्ध विराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ ।

    इरानसँग सम्झौताको तयारी भइरहँदा वाशिङ्गटनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले सम्झौताको कथित पक्षहरूको आलोचना गरिरहेका सूचना बाहिरिएको छ ।

    पूर्व राष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ ।”

    ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भने, “दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ‘समझदारी पत्र’ को अन्तिम तयारी नजिक पुगेका छन्।”

    Post Views: 92
    प्रकाशित मिति: २०८३ जेष्ठ ११, सोमबार ०७:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.