• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १३, बुधबार ०९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । अष्ट्रेलियाले खानी उद्योगसहित ठूला औद्योगिक कम्पनीहरूलाई उत्पादन स्थलमै प्रदूषण उत्सर्जन घटाउन आग्रह गरेको छ । प्रमुख खानी कम्पनीले कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी केही महत्त्वपूर्ण योजना पछाडि सारेको समाचार सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो ।

    जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले उत्सर्जन नियन्त्रणसम्बन्धी अष्ट्रेलियाको ‘सुरक्षा संयन्त्र’ अन्तर्गत पर्ने ठूला उद्योगहरूले उत्सर्जन घटाउन लचकता पाउने भए पनि प्राथमिकता भने उत्पादन स्थलमै प्रदूषण घटाउनुपर्ने बताए । “यो व्यवस्था सबै कम्पनीमा लागू हुन्छ,” उनले भने ।

    सञ्चारमाध्यममा सार्वजनिक भएका गोप्य कागजातअनुसार अष्ट्रेलियाको सबैभन्दा ठूलो डिजेल प्रयोगकर्ता मानिने उक्त खानी कम्पनीले नवीकरणीय ऊर्जा परियोजना तथा डिजेलमा चल्ने खानी उपकरणलाई विद्युतीय बनाउने योजना ढिलाइ गरेको देखिएको छ । यसले कम्पनीको सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको बताइएको छ ।

    स्वतन्त्र सांसद केट चेनीले हालको संयन्त्र पर्याप्त कडा नभएको टिप्पणी गरे । उनका अनुसार कम्पनीहरूले प्रत्यक्ष रूपमा प्रदूषण घटाउनुको सट्टा कार्बन क्षतिपूर्ति खरिद गरेर लक्ष्य पूरा गर्न सक्ने अवस्था रहेको छ ।

    उनले डिजेलमा दिइने कर छुटले पनि उत्सर्जन न्यूनीकरण प्रयासलाई कमजोर बनाएको बताउँदै ठूला र अत्यधिक नाफामुखी कम्पनीका लागि यस्तो सुविधा सीमित गर्नुपर्ने धारणा राखे । तर किसान तथा साना व्यवसायका लागि भने सुविधा कायम राख्नुपर्ने उनको भनाइ थियो ।

    सार्वजनिक कागजातअनुसार पश्चिम अष्ट्रेलियास्थित फलाम खानी सञ्चालनबाट सन् २०३० सम्म केवल करिब १ प्रतिशत मात्रै उत्सर्जन घट्ने अनुमान गरिएको छ । उक्त सञ्चालन कम्पनीको विश्वव्यापी कुल उत्सर्जनको करिब एक तिहाइ हिस्सा मानिन्छ ।

    कम्पनीले भने सन् २०२० को तुलनामा हालसम्म ३६ प्रतिशत उत्सर्जन घटाइसकेको र सन् २०५० सम्म शून्य उत्सर्जनको लक्ष्यप्रति प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विशेषगरी ब्याट्रीबाट चल्ने विद्युतीय ट्रकको अभावजस्ता प्राविधिक सीमाका कारण प्रगति सुस्त भएको उल्लेख गरेको छ ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ जेष्ठ १३, बुधबार ०९:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.