• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा-टाढा धाउनुपर्ने बाध्यता थियो ।

    वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए। प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहजता हुने उनको भनाइ छ ।

    “चालु आर्थिक वर्षभित्रै प्रसूति सेवा सुरु गर्ने लक्ष्य राखेका छौँ,” वडाध्यक्ष नेपालले भने, “यसले विशेषगरी गर्भवतीलाई राहत पाइने छ ।”

    भौगोलिक रूपमा विकट मानिने कोट क्षेत्रमा स्वास्थ्य भवन निर्माण गरी नियमित सेवा प्रवाह सुरु भएपछि स्थानीयमा उत्साह थपिएको छ । विगतमा सामान्य उपचारका लागि पनि बिरामीलाई स्टेचर वा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अहिले गाउँमै उपचार सेवा उपलब्ध भएपछि त्यो समस्या हटेको छ ।

    स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै अब गाउँमै सुरक्षित मातृत्व, खोप सेवा, नियमित स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्वास्थ्य केन्द्रकी अनमी सम्झना खड्काले बताए ।

    यसले दीर्घकालीन रूपमा मातृ-शिशु मृत्यु दर कम गर्न, रोग नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा मद्दत पुग्ने उनको भनाइ छ । स्थानीय प्रेमकुमारी श्रेष्ठले गाउँमै स्वास्थ्य सेवा पाउँदा दैनिक जीवन सहज बनेको बताए ।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार ०७:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.