• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार १०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन् ।

    ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

    राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेको बताइएको छ ।

    यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो । प्रस्तावित सहमतिअनुसार हालको युद्ध विरामलाई थप ६० दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छ ।

    राष्ट्रपति ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राखिनुपर्ने तथा समुद्री मार्गमा रहेका बारुदी उपकरणहरू हटाइनुपर्ने धारणा राखेका छन् ।

    उता, इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विश्वास केवल व्यवहारिक कदमबाट स्थापित हुने बताएका छन् ।

    उनले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गरेका छन् । अमेरिका र इरानबीचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ ।

    Post Views: 69
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार १०:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.