• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भक्तपुर जिल्ला व्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता सुरु

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार १५:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर । भक्तपुर जिल्ला व्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रवीन्द्र सापकोटाले उद्घाटन गरे। नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी वार्षिक कार्यक्रम तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

    सबै वर्गका लागि फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगिता आयोजना गरेर नगरपालिकाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउँदै उनले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

    समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु. १५ हजार, दोस्रो हुनेलाई रु. १० हजार, तेस्रो हुनेलाई रु. पाँच हजार, चौथो हुनेलाई रु तीन हजार र पाँचौँ हुनेलाई रु. तीन हजार नगदसहित महिला तथा पुरुष प्रतियोगीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार १५:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.