• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्’- भीष्मराज आङ्देम्बे

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा पनि उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् ।

    शनिबार आयोजित नेपाल थारु संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा काँग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दा प्रभावकारी हुने बताए । संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गर्दै संसदीय दलका नेता आङ्देम्बेले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काँग्रेसले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्ने स्पष्ट गरेका छन् ।

    उनले पार्टी र संसदलाई अलग–अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको दाबी गरे । काँग्रेसभित्र संसद र पार्टीबीच दूरी बढाउने तथा पार्टीलाई कमजोर बनाउने सोच विगतमा हाबी हुन खोजेको चर्चा गर्दै उनले भने, “त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै अहिले पार्टी र संसदबीच बलियो समन्वय स्थापित गरिएको छ । संसदीय अनुभवमा हामी केही कम होला, तर पार्टी र संसदबीचको सहकार्यमार्फत संसदभित्र देखिएका समस्याको उचित समाधान खोजिरहेका छौँ ।”

    संसदमा लोकतान्त्रिक मूल्य-मान्यता स्थापित गर्न काँग्रेसले निरन्तर आवाज उठाइरहने बताउँदै उनले संख्याको आधारमा संसदीय मर्यादा उल्लंघन गर्नेहरूलाई मुद्दा र विचारको महत्त्व बुझाउने उल्लेख गरे ।

    Post Views: 287
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार १८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.