• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आगामी निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउनेछौँः सभापति थापा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १६, शनिबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानिय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानिय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउने बताएका छन् ।

    शनिवार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका छन् । आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली काँग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्यका साथ काम गर्नुपर्ने उनको भनाई छ । उक्त लक्ष्य हासिल गर्न अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा लाग्नुपर्ने उनले बताए । उनले उम्मेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको जानकारी दिए । साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागी छिट्टै खुला आह्वान गरिने उनले बताए । उनकाअनुसार स्थानीय तहको निर्वाचन लड्न चाहने नयाँ वा पुनः उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्नेछ । कोर्स पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने उनले बताए । महिला उम्मेदवारको संख्या बढाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई नेतृत्व विकास कार्यक्रम र प्रशिक्षणमा सहभागी गराउन आवश्यक रहेको उनको भनाई छ । पार्टीले आगामी निर्वाचनमा विभिन्न समुदायको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

    उनले भने, ‘अर्को साल निर्वाचन छ, स्थानिय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली काँग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखी काम गरौँ, अहिलेदेखी कोशिष गरौँ । यसको लागि हामी सबै लाग्नुपर्छ । अहिलेदेखि आफैं मेहेनत गर्नुपर्नेछ, काम गर्नुपर्नेछ, कोसिस गर्नुपर्नेछ, लाग्ने हो भने गर्न सकिन्छ । यसको लागि हामीले इलेक्सन ब्युरो भनेर बनाएका छौं । हाम्रा पुष्पा भुषालजीले त्यसको नेतृत्व गर्नुभएको छ । हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लीडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लीडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ । त्यसैले त्यहाँ महिला बनाउने हो भने हामीले अहिलेदेखि नै बढी भन्दा बढी महिला साथीहरुलाई त्यहाँभित्र कोर्समा हामीले भर्ना गराउनुपर्छ । त्यो गराएमात्र बल्ल भोलि गर्ने कुरा हुन्छ । यो पटक हामीले बढी भन्दा बढी समुदायको प्रतिनिधित्व हुने गरीकन नेपाली कांग्रेस पार्टी उम्मेदवार लिएर निर्वाचनमा जाने अवस्था बनाऔं भन्ने हामीहरु चाहन्छौं ।’

    उनले नेपाल थारु संघलाई पनि सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन, प्रशिक्षण लगायतका काममा सहभागी हुन आग्रह गरे । योग्य व्यक्तिहरूलाई निर्वाचन ब्यूरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सम्पूर्ण भ्रातृसंस्था लाग्नुपर्ने उनको भनाई छ । सभापति थापाले अधिवेशन नभएका भातृसंस्थाहरुको नेतृत्व छिट्टै चयन हुने बताए । नेपाल विद्यार्थीसंघ लगायत नेतृत्व खाली रहेका भ्रातृसंस्थाको एकदुई दिनभित्रै नेतृत्व चयन गरिने उनले जानकारी दिए ।

    Post Views: 281
    प्रकाशित मिति: २०८३ जेष्ठ १६, शनिबार १९:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.