• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीले क्षतिग्रस्त ६ झोलुंगे पुल पुनर्निर्माण गरिने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १७, आईतवार ०८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काभ्रेपलाञ्चोक । बाढी पहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ झोलुंगे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढी पहिरोले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।

    विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुंगे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुंगंगे पुलमा पनि क्षति पुगेको थियो ।

    रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलु–ङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा झोलुङ्गे पुल) र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिए ।

    सूचना अधिकारी बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु. तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, वाग्मती नदीमा आएको बाढीले क्षति पुर्‍याएको काभ्रेपलाञ्चोकको खानी खोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको बताइएको छ ।

    सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहु वर्षीय योजना भएकाले आगामी आवबाट पुल निर्माणको काम सुरु गरिने छ । पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने छ । स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र गरिसक्ने डिभिजन कार्यालयले जनाएको छ ।

    यसैबीच, विसं २०८१ असोज दोस्रो साताको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल बगाएको र वर्षायामको समयमा बिपी राजमार्ग अवरुद्ध भएको अवस्थामा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाकै मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न काभ्रेपलान्चोक प्रशासनले सडक विभागलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

    उक्त बाढीले बिपी राजमार्गको करिब ३० किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचनामा क्षति पुर्‍याएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीका कारण रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबीच आवतजावत गर्न बनेका झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षति हुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको बताए।

    उनका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ ।

    Post Views: 81
    प्रकाशित मिति: २०८३ जेष्ठ १७, आईतवार ०८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.