• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै सम्पर्कविहीन भएकी शोभा पाठक सकुशल भेटिइन्

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १७, आईतवार १२:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रबाट सकुशल उद्धार गरिएको जानकारी दिए।  प्रहरीका अनुसार उद्धारपछि उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पतालमा लगिएको छ।

    ‘उहाँ सुरक्षित हुनुहुन्छ। आवश्यक काउन्सेलिङ वा उपचार आवश्यक पर्छ कि भनेर अस्पताल पुर्‍याएका छौं। आफन्तजनसँग सम्पर्क गर्ने प्रयास पनि भइरहेको छ,’ भट्टराईले भने।

    प्रहरीलाई उक्त भिडियोबारे शनिबार राति करिब १० बजे जानकारी प्राप्त भएको र त्यसलगत्तै प्रहरीले शोभासँग सम्पर्क गर्ने तथा खोजी गर्ने प्रयास सुरु गरेको जनाएको छ। आइतबार बिहान करिब सवा ९ बजे उनलाई सकुशल फेला पारिएको प्रहरीको भनाइ छ।

    हाल शोभाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनले किन ‘अन्तिम भिडियो’ भन्दै सन्देश सार्वजनिक गरेकी थिइन् भन्ने विषयमा चिकित्सक तथा सम्बन्धित पक्षसँग समन्वय गरी थप जानकारी संकलन भइरहेको प्रवक्ता भट्टराईले बताए।

    Post Views: 88
    प्रकाशित मिति: २०८३ जेष्ठ १७, आईतवार १२:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.