• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पको दाबी– ‘इरानले परमाणु हतियार नबनाउने ग्यारेन्टी दिएको छ’

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु हतियार विकास नगर्ने ग्यारेन्टी दिएको दाबी गरेका छन् । उनले इरानसँगको सम्भावित सम्झौतामा परमाणु हतियार निर्माण रोक्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

    फक्स न्यूजमा प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई जुन ग्यारेन्टी जे भए पनि चाहिन्छ, त्यो भनेको परमाणु हतियार नहुने प्रतिबद्धता हो । उनीहरू यसमा सहमत भएका छन् ।’

    यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई थप कडा सर्तसहित नयाँ शान्ति प्रस्ताव पठाएको छ । प्रस्तावमा के–कस्ता विषय समावेश छन् भन्ने सार्वजनिक गरिएको छैन ।

    ट्रम्पले सम्भावित सम्झौताका लागि इरानलाई परमाणु हतियार विकासबाट रोक्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

    तर इरानले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले आफ्नो परमाणु कार्यक्रमबारे ठोस वार्ता अघि बढाउनुअघि विदेशमा रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको छ ।

    इरानले ट्रम्पले यसअघि गरेको ‘संवर्धित युरेनियम नष्ट गरिएको’ भन्ने दाबीलाई पनि आधारहीन भनेको छ । साथै, कुनै पनि युद्धविराम वा शान्ति सम्झौतामा लेबनानलाई समेत समावेश गर्नुपर्ने उसको अडान रहेको बताइएको छ । इजरायलले लेबनानमा इरान समर्थित समूह हिजबुल्लाविरुद्ध लक्षित हवाई आक्रमण गरिरहेको दाबी गर्दै आएको छ ।

    अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि ट्रम्पको भनाइसँग मिल्दोजुल्दो अभिव्यक्ति दिएका छन् । सिंगापुरमा आयोजित सांग्रिला डायलगमा उनले आवश्यक परे अमेरिका पुन: सैन्य कारबाही गर्न पूर्णरूपमा सक्षम रहेको बताएका थिए ।

    गत अप्रिलमा पाकिस्तानको मध्यस्थतामा तेहरान र वाशिङ्टनबीच अस्थायी युद्धविराम भएको थियो । त्यसयता दैनिकजसो भइरहेका आक्रमण रोकिए पनि छिटपुट सशस्त्र घटनाहरू जारी रहेको बताइएको छ ।

    विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा युद्धपछि आएको अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । यसले अमेरिकासहित विश्व अर्थतन्त्रमा दबाब बढाएको छ । विश्लेषकहरूका अनुसार यही कारण ट्रम्प प्रशासनमाथि इरानसँग कुनै न कुनै समझदारीमा पुग्नुपर्ने दबाब बढिरहेको छ ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्भावित सम्झौताअन्तर्गत होर्मुज मार्ग खुला भएपछि इरानले त्यहाँबाट गुड्ने जहाजबाट कुनै शुल्क नलिने बताएका थिए । तर इरानी समाचार एजेन्सी फार्सले सम्झौताको मस्यौदामा यस्तो कुनै प्रावधान नरहेको जनाएको छ ।

    Post Views: 61
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार ०८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.