• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भारतको जग्गा कहाँकहाँ मिचियो हिसाब चाहिन्छ : निस्कल राई

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ १८, सोमबार १४:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं -नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताएका हुन् ।

    ‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमनत्री ज्युले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्‍याएको छ,’ उनले भने, ‘रोस्ट्रममा उभिएर प्रधानमन्त्री ज्युले भन्नुभयो–नेपालले पनि भारतको जग्गा मिचेको छ । यो संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’

    जसमा गर्वका साथ सत्ता पक्षका सांसदले ताली पड्काएको पनि उनले बताए । ‘उहाँहरूलाई पनि मेरो प्रश्न छ–अलिकती आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ । सार्वभौम संसद्मा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने ।

    अब संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने राईले माग गरे । ‘हाम्रो माग पनि छ । फेरि उहाँ सार्वभौम सत्तासम्पन्न संसद्को रोस्ट्रममा उभिनुपर्छ, नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो, एकएक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ, यो राष्ट्रिय स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो,’ उनले भने ।

    ‘भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा दिने ?’ भनी उनले प्रश्न गरे ।

    ‘प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेको छ । जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ ? परराष्ट्र मन्त्रीलाई त्यत्ति सामान्य ज्ञान त हुनुपर्ने हा,’ राईले भने ।

    यसमा विपक्षको प्रस्ट बुझाइ रहेको उनले बताए । उनले अगाडि भने, ‘रोस्ट्रममा प्रधानमन्त्री ज्युले दिएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहीत विपरीत छ । यसले भारतसँग हामीले भन्दैआएको दाबीलाई पनि कमजोर बनाउँछ ।नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने स्थापित हुन्छ ।’

    Post Views: 89
    प्रकाशित मिति: २०८३ जेष्ठ १८, सोमबार १४:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.