• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कपिलवस्तुमा ४ लाख मूल्यका अवैध ब्रोइलर चल्ला नष्ट

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २०, बुधबार ०६:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु । भारतबाट अवैध रूपमा भित्र्याइएका ४ हजार २ सय ब्रोइलर कुखुराका चल्लासहित कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    मायादेवी गाउँपालिका-८ घोलाहाबाट ती चल्ला बरामद गरिएको हो। सातवटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त चल्ला नियन्त्रणमा लिएको हो।

    प्रहरी टोलीलाई देखेपछि ६ जना साइकल चालक फरार भएका थिए। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार भाग्दै गरेकामध्ये मायादेवी गाउँपालिका–१ पकडीका शिवनाथ धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बरामद गरिएका चल्लाको बजार मूल्य ४ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।

    बरामद गरिएका चल्लालाई जेसिबी प्रयोग गरी खाल्डो खनेर नष्ट गरिएको छ। पक्राउ परेका धोबीलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेक पोस्ट कृष्णनगर पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताएका छन्।

    नेपालको तुलनामा भारतमा कुखुराको चल्ला र मासु सस्तो पाइने भएकाले तस्करहरूले स्थानीय भरिया प्रयोग गरी अवैध रूपमा यस्ता सामग्री भित्र्याउने गरेको मासु व्यापारीहरूले दाबी गरेका छन्।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार ०६:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.