अमेरिकाको न्यूयोर्कस्थित नेपाली भान्साघर रेस्टुरेन्ट न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा ६७औँ स्थानमा परेको छ। सञ्चालक बिमला हमाल श्रेष्ठले यस उपलब्धिले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनेको बताइन्।
स्याङ्जाको वालिङकी बिमला सन् २००८ मा अमेरिका पुगेकी हुन्। उनले सन् २०१५ मा रेस्टुरेन्ट सञ्चालन सुरु गरेकी थिइन्। रेस्टुरेन्टमा नेपाली मौलिक परिकार, मःम, थुक्पा, चाउमिन तथा लोकप्रिय थालीसेट पाइन्छ। अधिकांश ग्राहक अमेरिकी छन्। मःम प्रतिस्पर्धामा पटक–पटक प्रथम बनेकी बिमलाले आगामी केही महिनाभित्र नयाँ रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याउने तयारी गरिरहेकी छन्।
अमेरिकाको न्यूयोर्क सिटीस्थित नेपाली भान्साघर रेस्टुरेन्ु हालै न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा परेको छ। रेस्टुरेन्टमा हाल १५ जना कर्मचारी छन्, उनीहरू सबै नेपाली हुन्।






