• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २०, बुधबार १७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी चार मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश सरकारको पुनर्संरचना र मन्त्रालय संख्या घटाउने तयारीबीच मन्त्रीहरूको बहिर्गमन भएको हो।

    मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष बुधबार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी ले सामूहिक रूपमा राजीनामा पेश गरेका थिए।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले उक्त राजीनामाहरू स्वीकृत गर्दै पदावधिका क्रममा मन्त्रीहरूले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्।

    लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रालय पुनर्संरचनाको विषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।

    प्रदेश सरकारको पुनर्गठन र सत्ता साझेदारीसम्बन्धी छलफल जारी रहेका बेला एमालेले आफ्ना तर्फबाट मन्त्री परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार मुख्यमन्त्री आचार्य भने पदमै कायम रहनेछन् भने एमालेको कोटाबाट नयाँ मन्त्री चयनबारे आन्तरिक परामर्श भइरहेको छ।

    यता सत्ता साझेदार नेपाली काँग्रेसले भने सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा राख्दै आएको छ। दलहरूबीच भएको पूर्व सम्झौताअनुसार अब नेतृत्व आफ्नो दलले पाउनुपर्ने काँग्रेसको अडान रहेको बताइएको छ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ जेष्ठ २०, बुधबार १७:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.