• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २१, बिहीबार ०६:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले यो जानकारी दिएका हुन् ।

    सांसद बोहोराले बुधबार साँझ बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदैगर्दा खेरी हाम्रा कन्सर्नका विषयहरु केके हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’

    तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने उनले खुलाएनन् ।

    परराष्ट्रमन्त्री खनालको सचिवालयले पनि भारत भ्रमणको मिति फिक्स्ड भइनसकेको जनाएको छ, तर मितिबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत् छलफल भइरहेको जनाएको छ ।

    मन्त्री खनालको सचिवालयका एक सदस्यले आज बिहान अनलाइनखबरसँग भने, ‘भारत कहिले जाने भन्ने निश्चित भइसकेको छैन, आज बेलुकासम्म फिक्स्ड हुन्छ कि ।’

    दुई देशका सरोकारका विषयमा चेक लिस्ट बनाएर काम गर्ने

    जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले बुधबार मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गरेका थिए । मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरुसँग भेटवार्ता भएको थियो ।

    मोदीसँगको भेटमा भएका कुराकानीबारे जानकारी दिँदै बोहोराले नेपाल–भारतबीचका सीमा समस्यासहित समग्र विषयहरुमा छलफल भएको बताए ।

    बोहोराका अनुसार मोदीले छलफलका लागि हाइड्रो, एयरपोर्ट, सीमा लगायतकाको सूची बनाउन आग्रह गर्दै ती विषय आफ्नो पनि प्राथमिकतामा रहेको बताएका थिए ।

    ‘नेपालका हाइड्रो, एयरपोर्ट, सीमाका विषयमा, नेपाल र भारत बीच जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुस्, ल्याउनुस्, त्यसको डेटलाइन बनाऔं, उच्च प्राथमिकतामा छ त्यो काम मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्रीले,’ बोहोराले भनेका छन् ।

    बोहोराका अनुसार प्रधानमन्त्री मोदीले लामिछानेको भ्रमणलाई उच्च प्राथमिकता दिएको र नेपालसँगका हरेक विषयमा काम गर्न तयार रहेको बताएका थिए ।

    ‘उहाँले भन्नुभयो, म नेपाल गएँ पहिलोचोटि प्रधानमन्त्री भएपछि । २० वर्षपछि मैले सदनमा बोलेको थिएँ– एक घण्टाको बाटो छ, तर आते–आते २० वर्ष लग गए भनेको उहाँले सम्झिनुभयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा । भनेको, उच्च प्राथमिकतामा राख्नुभयो रवि लामिछानेको यो भ्रमणलाई,’ बोहोराले भनेका छन्, ‘नेपालसँग हुने हरेक विषयमा हामी काम गर्न तयार छौं । पटक–पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो ।’

    अब परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने ब्युरोक्रेसी र मन्त्रीस्तरमा हुनुपर्ने काम अगाडि बढाउने बोहोराको भनाइ छ ।

    Post Views: 26
    प्रकाशित मिति: २०८३ जेष्ठ २१, बिहीबार ०६:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.