• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्रीले उठाए सीमा सुरक्षाको विषय

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २३, शनिबार २१:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । शनिबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भारत नेपालसँग पारस्परिक प्रगति, समृद्धि र दुवै देशका नागरिकको कल्याणका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    भारतीय विदेशमन्त्री जयशंकरले नेपालका परराष्ट्रमन्त्री खनालसँग यसअघि मोरिससमा भएको भेटबारे स्मरण गर्दै दिल्लीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले नेपाल र भारतबीच जनता–जनताबीचको बलियो सम्बन्ध, सीमापार सम्बन्ध र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूमा निर्मित विशेष सम्बन्ध रहेको उल्लेख गरे ।

    त्यसैगरी दुई देशबीच व्यापार, लगानी, ऊर्जा र शिक्षा लगायत विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धहरू निरन्तर विकसित भइरहेको पनि उनले स्मरण गराए । विदेशमन्त्री जयशंकरले स्टार्टअप, एआई, सूचना प्रविधि र नवीकरणीय ऊर्जा जस्ता नयाँ क्षेत्रहरूमा सहयोगलाई अगाडि बढाउने अवसर रहेको भन्दै भारत र नेपालले आफ्नो लामो र खुला सीमामा सुरक्षा कायम राख्न नजिकबाट सहकार्य गरिरहेको पनि बताए। दुई देशले निरन्तर सहयोग गर्दै आएको र अहिले संकटको समयमा भारतले नेपाललाई निर्वाध इन्धन आपूर्ति सुनिश्चित गरेको पनि उनले बताए।

    रास्वपाका अध्यक्ष रवि लामिछानेको हालैको भ्रमणले पनि दुवै पक्षले यस सम्बन्धलाई कति महत्त्व दिन्छन् भन्ने कुरा देखाएको जयशंकरको भनाई थियो । उनले भारत–नेपाल सम्बन्धको मार्गलाई निर्णायक रूपमा परिवर्तन गर्ने र तिनीहरूको पूर्ण क्षमतालाई साकार पार्ने अवसर अहिले रहेको भन्दै खनालको भ्रमणले यो उद्देश्यलाई अगाडि बढाउने कुरामा विश्वस्त रहेको तथा पारस्परिक प्रगति र समृद्धिप्रति प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार २१:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.