• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २४, आईतवार ११:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रूपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको जानकारहरूको भनाइ छ ।

    नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो ।

    नेपालमा एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ । भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढेको छ ।

    यद्यपि नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर र निगमको समग्र नाफा–नोक्सान अवस्थामाथि निर्भर रहनेछ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहेमा नेपाल आयल निगममाथि वित्तीय भार बढ्न सक्छ । निगमले घाटा व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले पनि मूल्यवृद्धिको असर भोग्नुपर्ने अवस्था आउन सक्छ ।

    यसैबीच भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सरकारले घरेलु एलपी ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आन्तरिक उत्पादन वृद्धि तथा आवश्यकताअनुसार आयात विस्तारलगायतका उपाय अपनाएको बताएकी छन् ।

    उनका अनुसार घरेलु एलपी ग्यास सिलिन्डरमा सरकारले दिएको अनुदानका कारण अझै पनि प्रति सिलिन्डर करिब ७०० भारतीय रुपैयाँ बराबरको ‘अन्डर रिकभरी’ कायम छ । पछिल्लो समय व्यावसायिक तथा औद्योगिक क्षेत्रमा ग्यासको खपत घट्नु, बुकिङ चक्रमा सुधार आउनु तथा ‘डेलिभरी अथेन्टिकेसन कोड (डीएसी)’ प्रणाली प्रभावकारी रूपमा लागू हुनुले माग व्यवस्थापनमा सहयोग पुगेको उनले बताइन् ।

    नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली उपभोक्ता र बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। त्यसैले भारतीय आयल कर्पोरेशनबाट आउने आगामी मूल्यसूचीलाई नेपाल आयल निगम र उपभोक्ता दुवैले चासोका साथ हेर्ने अवस्था सिर्जना भएको छ ।

    Post Views: 83
    प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतवार ११:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.