• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २४, आईतवार १६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर,- पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो ।

    वडाध्यक्ष कुमार थापाले बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा गिरावट आउन थालेपछि योजनाबद्ध सिँचाइ पोखरी निर्माण गरिएको बताए । हालसम्म यहाँ छ वटा पोखरी निर्माण गरिएका र त्यसबाट सिक्रेटार क्षेत्रका करिब एक हजार ५०० रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा विस्तार भएको उनले जानकारी दिए ।

    वडाध्यक्ष थापाले भने, “सुक्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन नगरी कृषि विकास सम्भव हुँदैन । त्यसैले मुहानसहितका ठूला पोखरी निर्माण गरेका छौँ । यस कार्यले किसानलाई केही राहत भएको छ ।”

    उनका अनुसार निर्माण गरिएका पोखरीलाई सिँचाइमा मात्र सीमित नराखी बहुउपयोगी बनाइएको छ । आगलागीजस्ता विपद्का समयमा पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी संरचना तयार गरिएको छ । साथै, पोखरीबाट खेतबारीसम्म पानी पु¥याउन वडाले पाइप वितरण गर्दै आएको छ । यसले किसानलाई सिँचाइ पहुँचमा सहज बनाएको छ ।

    “पोखरी निर्माण अभियानलाई बहुआयामिक विकाससँग जोडेर अगाडि बढाइएको छ । पोखरी वरपरका क्षेत्र संरक्षण गर्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । भविष्यमा यी क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना छ”, वडाध्यक्ष थापाले भने ।

    वडासचिव अशोक अधिकारीले यहाँको मैदानेमा दुई, दुङ्गेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण सम्पन्न भएको बताए । यसबाहेक थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए ।

    विशेषगरी हिउँदे बाली उत्पादनमा यसले प्रत्यक्ष प्रभाव पारेको छ । हाल यहाँका किसान बदाम, फलफूल तथा तरकारी, आलु, प्याज, टमाटरलगायत नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय प्रदीप थापाले पोखरी निर्माणसँगै गाउँको कृषि प्रणालीमा परिवर्तन आएको बताए । “पहिले पानीको अभावले धेरै जमिन बाँझो रहन्थ्यो”, उनले भने, “हाल वर्षभरि नै खेती गर्न सकिने अवस्था बनेको छ । तरकारीखेती गर्नसमेत सहज भएको छ ।”

    यसका साथै, पोखरी निर्माणले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण र जैविक विविधता जोगाउन पनि सहयोग पुग्ने स्थानीय अम्बर थापाको विश्वास छ । सिँचाइ पोखरीले पानीको समस्या समाधान मात्र नभई कृषकको आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा सम्भावित पर्यटन विकासका लागि नयाँ आधार तयार पारेको उनले बताए ।

    Post Views: 85
    प्रकाशित मिति: २०८३ जेष्ठ २४, आईतवार १६:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.