• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २५, सोमबार १०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो ।

    होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन् ।

    सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौँ उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उनले भने, “नेपालको एकमात्र स्वदेशी अन्तर्राष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ । ‘द सोल्टी रिसोर्ट’ शिवपुरीको सञ्चालनसँगै सोल्टी होटल्स एण्ड रिसोट्र्सले लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने अर्को महत्त्वपूर्ण आतिथ्य गन्तव्य थपेको छ । हामीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ‘ब्रान्ड’ र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य लिएका छौँ ।”

    अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडौँ उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँ’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ । ‘द सोल्टी रिसोर्ट’ काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्ज सन्निकट काठमाडौँको शान्त र सौम्य वातावरणमा वन्य जीवन तथा आकर्षक सुन्दर प्राकृतिक सौन्दर्यतासहित मनमोहक काठमाडौँ उपत्यकाको अभूतपूर्व स्वर्णिम दृश्यावलोकन तथा रमणीय वन जंगल परिवेशमा अवस्थित रहेको छ ।”

    निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिकको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौँ उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै ‘द सोल्टी रिसोर्ट’ शिवपुरीले नयाँ गन्तव्यले विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूलाई उजागर गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

    यस्ता छन् थप विशेषता

    प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “शान्त वातावरणमा ‘द सोल्टी रिसोर्ट’ ले विविध स्वादमा उत्कृष्ट भोजन अनुभव प्रदान गर्दछ । अतिथिहरूले ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’ मा विभिन्न परिकारहरूको स्वाद लिन, ‘ऐराक बार’ मा आरामदायी समय बिताउन तथा जङ्गल फायर बिबीक्यु टेरेसमा ‘ग्रिल्ड’ परिकार, बोनफायर र मनमोहक वन दृश्यको आनन्द लिन सक्नेछन् । यस रिसोर्टको प्रमुख विशेषता यसको अनुपम प्राकृतिक वातावरण हो, जहाँ स्वच्छ पहाडी हावा र प्राकृतिक मुहानको पानीको पहुँच उपलब्ध छ । यसले सहर नजिकै भए पनि दुर्लभ रूपमा पाइने पुन:स्थापनात्मक अनुभव प्रदान गर्दछ । साथै, वरपरको क्षेत्रमा वन्यजन्तु चराचुरुङ्गी र पशुपन्छीहरूको अवलोकनको अवसर पनि प्रदान गर्दछ ।”

    ‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र आकर्षक एम्फिथिएटर रहेका छन् । यी स्थलहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा ‘रिट्रिटहरू’ आयोजना गर्न उपयुक्त छन्, जहाँ प्राकृतिक सौन्दर्य र शीतल पहाडी वातावरणले अनुभवलाई अझ विशेष बनाउने कम्पनीले विश्वास लिएको छ ।

    ‘द सोल्टी रिसोर्ट’ ले स्वास्थ्य, तन्दुरुस्ती र प्राकृतिक अनुभवमा केन्द्रित आतिथ्य सेवा प्रदान गर्दछ । रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना र फिटनेस सेन्टरका साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधिहरूको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार १०:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.