• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चीनको निर्यातमा उल्लेख्य वृद्धि

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार १०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेइजिङ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा बलियो रूपमा बढेको छ ।

    मंगलबार सार्वजनिक सरकारी तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ ।

    चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार मे महिनाको निर्यात वृद्धिदर अप्रिलको १४.१ प्रतिशतबाट थप उकालो लाग्दै १.४ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले ब्लुमबर्गमार्फत गरिएको सर्वेक्षणमा १५ प्रतिशत वृद्धि हुने अनुमान गरेका थिए । वास्तविक तथ्यांक त्यो अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ ।

    त्यसैगरी, चीनको आयात पनि बलियो रह्यो । मे महिनामा आयात वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ । यो वृद्धि दर पनि ब्लुमबर्गको २६ प्रतिशतको पूर्वानुमानभन्दा उच्च रहेको छ । आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्त्वपूर्ण सहारा बनेको संकेत गरेको छ ।

    विशेषगरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ ।

    तथ्यांकअनुसार अमेरिकामा चीनको निर्यात मे महिनामा ३९ अर्ब अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही महिनामा यो रकम २८ अर्ब ८० करोड डलर थियो । त्यतिबेला ट्रम्प प्रशासनको व्यापार नीतिका कारण दुवै देशबीचको व्यापारिक गतिविधिमा दबाब परेको थियो ।

    निर्यातमा आएको यो वृद्धि चीनको अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ । चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित वृद्धिको मोडललाई बिस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ । तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ ।

    यद्यपि चुनौतीहरू कायम छन् । कमजोर घरेलु माग, मध्यपूर्व द्वन्द्वका कारण बढ्दो ऊर्जा लागत तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थामा देखिएका अवरोधले आर्थिक गतिविधिमाथि दबाब सिर्जना गरिरहेका छन् । आधिकारिक तथ्यांकले दुई महिनाको विस्तारपछि मे महिनामा चीनको उत्पादन क्षेत्रको गतिविधि लगभग स्थिर अवस्थामा पुगेको देखाएको छ ।

    ऊर्जा तथा रासायनिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थको मूल्य बढ्दै जाँदा कारखानाहरूको उत्पादन लागत पनि बढिरहेको छ । ढुवानीमा देखिएका समस्या र आपूर्ति शृङ्खलामा परेको असरका कारण उत्पादन क्षेत्रले थप चुनौती सामना गरिरहेको विश्लेषकहरूले बताएका छन् ।

    यद्यपि यी चुनौतीका बीच निर्यात र आयात दुवै क्षेत्रमा देखिएको अपेक्षाभन्दा राम्रो प्रदर्शनले चीनको बाह्य व्यापार अहिले पनि विश्व आर्थिक अनिश्चितताबीच तुलनात्मक रूपमा मजबुत रहेको संकेत दिएको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार १०:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.