गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमन हुने भएको छ । स्रोत नखुलेको सम्पत्ति र विवादास्पद व्यवसायी दिपक भट्टसँगको सेयर कारोबार प्रकरणमा मुछिएपछि पदबाट राजिनामा दिएका गुरुङलाई पुन गृहको जिम्मेवारी दिन लागिएको हो । गुरुङको आजै पद तथा गोपनियताको सपथ हुनेछ । दिउँसो ३ बजे सपथका लागि तयारी भईरहेको छ ।
गुरुङमाथि सार्वजनिक रुपमा सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा गृहमन्त्री गुरुङसँग रहेको सुन पैतृक भएको तथा सेयर कारोबारमा पनि शंकास्पद गतिविधि नदेखिएको निष्कर्ष निकालिएको थियो ।






