• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १०:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ ।

    कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बाल कक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् ।

    यहाँ शिक्षक-कर्मचारीको सङ्ख्या पनि तीन नै रहेको छ । स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी छन् ।

    यहाँ रहेका विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बाल कक्षामा भर्ना भएकी हुन् भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण भएर कक्षा ३ मा भर्ना भएका हुन् ।

    प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताए। “विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ”, उनले भने, “विसं २०७२ सम्म १५–२० जनासम्म विद्यार्थी थिए । नयाँ बच्चा जन्मने दर घटेको र बसाइँसराइ गरेर अन्यत्र जाने दर बढेकाले यस्तो समस्या भएको हो ।”

    यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालय भवन कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो । सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भए पनि विद्यार्थी सङ्ख्या न्यून हुँदा विद्यालय सुनसान छ । विद्यार्थी सङ्ख्या कम भएकाले गत वर्ष गाउँपालिकाले एक जना शिक्षकको दरबन्दी कटौती गरेको थियो ।

    स्थानीयवासी तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदै गएकाले विद्यार्थी सङ्ख्या पनि कम हुँदै गएको बताए। “भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकाहरूलाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ”, उनले भने, “गाउँमा भएका विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”

    अन्नपूर्ण गाउँपालिकाअन्तर्गत रहेका ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून छ । भौगोलिक विकटता र छरिएका बस्तीहरूमा भएका विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १०:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.