• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २८, बिहीबार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ ।

    मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५:०० बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।

    भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्यामरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्डयन प्राविधिकरणको जोमसोम शाखा कार्यालयमा पठाइएको उनले बताए।

    ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सुरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।

    मुस्ताङमा चलचित्र तथा डकुमेन्ट्री छायांकनका लागि ड्रोन क्यामेरा प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोन क्यामराको आधिकारिक दर्ता विवरण र प्रशासन र एक्यापको पूर्वस्वीकृति लिनुपर्ने छ ।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.