• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २९, शुक्रबार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्‍याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो ।

    आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुई वटा ट्यांकी निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ ।

    “काम चरणबद्ध रूपमा अघि बढिरहेको छ”, उनले भने, “आगामी आर्थिक वर्षभित्रै सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।” विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार यस आयोजनाको अनुमानित लागत करिब रु एक करोड रहेको छ । आयोजना सम्पन्न भएपछि बजार क्षेत्र पर्ने करिब २५ घरपरिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन् ।

    स्थानीय बासिन्दाका अनुसार सुन्तले क्षेत्रमा वर्षात्को समयमा पानीको अभाव खासै नदेखिए पनि हिउँदका करिब पाँच महिना गम्भीर समस्या रहने गरेको छ । टाढाटाढाबाट पानी बोक्नुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भरता र समयको धेरै खर्च हुने भएकाले स्थानीयको दैनिकीमा चुनौती बनेको थियो ।

    स्थानीय दशरथ राईले आयोजना सम्पन्नपछि यो समस्या स्थायी रूपमा समाधान हुने बताए । “हामीले वर्षौँदेखि पानीको दु:ख भोग्दै आएका छौँ, अब लिफ्ट आयोजना पूरा भएपछि घरमै धारा आउनेछ । हाम्रो जीवनशैली सहज हुन्छ भन्ने आशा छ”, उनले भने ।

    त्यसैगरी, अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदयाममा पानी अभाव चरम हुने गरेको बताए । पानी अभावमा यहाँ आउने पर्यटकलाई पनि असहजता हुने गरेकामा अब त्यो समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । “पाँच महिनासम्म निकै समस्या हुन्थ्यो”, उनले भने, “पानी ल्याउन धेरै समय खर्चिनुपर्थ्यो । खानेपानी आयोजनाको सुरु भएपछि हामी उत्साहित भएका छौँ यो आयोजना पूरा भएपछि त्यो समस्या हट्ने अपेक्षा गरेका छौँ ।”

    लिफ्ट प्रविधिबाट सञ्चालन हुने यस आयोजनाले बस्तीभन्दा तल रहेको मुहानको पानीलाई मोटर प्रणालीमार्फत माथिल्लो बस्तीमा पुर्‍याइने छ । सुन्तले क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बन्दै गइरहेको छ । यो आयोजना सम्पन्न भएपछि सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधासँगै सुन्तले क्षेत्रको समग्र विकासमा पनि टेवा पुग्ने स्थानीयको भनाइ छ । स्वच्छ खानेपानीको उपलब्धताले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीले बताएका छन् ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार ०९:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.