• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरान–अमेरिका सम्झौता अन्योलमा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २९, शुक्रबार १२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ। मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।

    तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए। उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता ‘उच्च राजनीतिक तहमा स्वीकृत’ भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरेका छन् । उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरे। ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ ।

    सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायल समेत सहभागी रहेको ट्रम्पको दाबी छ । उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन् ।

    तर इरानले उक्त दाबी अस्वीकार गर्दै सम्झौता अझै टुङ्गोमा नपुगेको स्पष्ट पारेको छ । तेहरानले अमेरिकी पक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ । इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँ पटक सम्झौता नजिक पुगेको दाबी दोहो¥याएको उल्लेख गर्दै त्यसप्रति शंका व्यक्त गरेका छन् ।

    यसैबीच राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेतृत्वले सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए।

    क्षेत्रीय कूटनीतिक प्रयास पनि तीव्र बनेको छ । पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको बताइएको छ भने इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

    फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको युद्ध अप्रिलको युद्धविरामपछि रोकिएको भए पनि स्थायी समाधान अझै नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल आएको हो ।

    तेहरानमा भने नागरिकहरू युद्ध र आर्थिक दबाबले निराश बनेका छन् । एक स्थानीय ३५ वर्षीय फार्मासिस्ट माजिदले दुई देशबीचको दूरी अझै ठूलो भएकाले तत्काल सम्झौतामा विश्वास गर्न नसकिने बताएका छन् ।

    यता इरानी सैन्य नेतृत्वले अमेरिकाले पुनः आक्रमण गरे कडा प्रतिकार हुने चेतावनी दिएको छ । साथै इरानले हर्मुज जलघाँटीमा निगरानी कडा बनाउँदै तेल तथा ग्यास ढुवानी मार्ग ‘अर्को सूचना नआउन्जेल’ सीमित गरिएको जनाएको छ, जसले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ ।

    ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वको कूटनीतिक वातावरण अझै अनिश्चित बनेको छ ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार १२:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.