• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कालिकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३०, शनिबार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मान्म (कालीकोट) । कालीकोट जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

    जन्मेदेखि पाँच वर्षमूनिका बालबालिकाले नौ, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

    खाँडाचक्र , रास्कोट, तिलागुफा नगरपालिका सहित महाबै, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो । शुक्रबार पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

    जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डा रत्नवीर सुनारले बताए ।

    जिल्लाका तीन हजार ६३६ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत कटकवहादुर महतले जानकारी दिए । ‘जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ,’ उनले भने, ‘अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने योजना रहेको छ

    Post Views: 45
    प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार ०७:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.