• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गोदावरी वन क्षेत्रमा टेम्पु खसाएको बारे वन कार्यालयको स्पष्टीकरण- ‘गुड्न नमिल्ने कवाडी संरचना’

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३१, आईतवार १२:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित चुरे वन क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा दाबी गरिए जस्तो उक्त टेम्पु गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई, केबल वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको प्रस्ट पारेको छ।

    विज्ञप्ति अनुसार गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्र, जो अत्यन्त संवेदनशील र कमजोर वातावरणीय प्रणाली भएको क्षेत्र हो, त्यहाँ विगत लामो समयदेखि अवैध रूपमा खोका-छाप्राहरू बनाएर सरकारी जमिन कब्जा गर्ने र बेचबिखन गर्ने क्रम चल्दै आएको थियो। सोही क्रममा विगत ५ महिना अगाडि देखि पुनः अवैध संरचनाहरू खडा गरिएका थिए।

    उक्त क्षेत्रमा घनश्याम धामीले चक्का र इन्जिन नभएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर  ल्याएर पसलको टहराको रूपमा स्थापना गरेका थिए। वन कार्यालयले एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको थियो। अन्य १० वटा छाप्राहरू हटे पनि धामीले भने अटेर गर्दै आएका थिए।

    यसअघि वन कर्मचारीहरूले उक्त ट्याम्पोको ढाँचालाई धकेलेर निजको घरसम्म पुर्‍याई दिएको भए तापनि धामीले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गरेको र हटाउन खोज्दा गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ।

    शुक्रबार वन टोलीले पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा गुड्न नसक्ने उक्त कवाडी ट्याम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटना बस भीरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।

    डिभिजन वन कार्यालय कैलालीले कानुन बमोजिम गरिएको वन संरक्षणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा सत्य तथ्य बुझिदिन आम नागरिकलाई हार्दिक अनुरोध गरेको छ।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार १२:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.