• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शशांकले भने : कांग्रेस फुटिसक्याे, विभिन्न शक्ति लागेर फुटाए

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३१, आईतवार १७:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर चिन्ता जनाएका छन् । उनले कांग्रेसलाई एक बनाइरहन सबै नेताले लाग्नुपर्नेमा पनि जोड दिए ।

    विराटनगरमा आइतबार भइरहेको संस्थापन इतर समूहको भेलालाई सम्बोधनका क्रममा उनले कांग्रेस फुटिसकेको जस्तो अवस्था देखिएको पनि बताए । कोइरालाले यसलाई दुर्भाग्यपूर्ण अवस्थाका रुपमा टिप्पणी गरे ।

    लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित कांग्रेस अहिले फुटको अवस्थामा पुग्नु पीडादायी भएको उनको टिप्पणी छ । पार्टी आफैँ नटुक्रिए पनि विभिन्न कारणले फुटाइएको पनि उनले गुनासो गरे ।

    सर्वोच्च अदालत र निर्वाचन आयोगका केही निर्णयले कांग्रेसलाई आजको फुटको अवस्थामा लगेको उनले बताए । आयोग र सर्वोच्च दुवैले पुसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई मान्यता दिएका थिए ।

    कोइरालाले पार्टीको संस्थागत विरासत बचाउन पार्टीभित्र एकता अपरिहार्य हुने जिकिर गरे । पार्टी बलियो नभएसम्म देश विकास र लोकतन्त्र मजबुत नहुने पनि उनको तर्क थियो ।

    उनले कांग्रेसको वर्तमान नेतृत्वतिर लक्षित गर्दै पार्टीमा धेरै अनुभवी र पुराना नेतालाई पाखा पारिँदा सीमित समूहले मात्रै हाँक्न नसक्ने पनि बताए । पार्टीका सबै पक्षलाई समेट्नु अहिलेको आवश्यकता रहेको उनको टिप्पणी थियो ।

    ‘कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता एकता हो । विगतका तिक्तता भुलेर सबै एकजुट हुनुपर्छ। कांग्रेस बलियो भए देशले सही दिशा पाउन सक्छ’, उनले भने, ‘०४८ सालमा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा थियो । के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?’

    उनले अब नेताहरूले पहिले आफूलाई परिवर्तन गर्नुपर्ने बताए । कोइरालाले कांग्रेस फुटेको नभएर फुटाइएको पनि तर्क गरेका छन्।

    ‘आजै म कोइराला निवास पुगेँ, आँसु रसाए । कांग्रेसलाई आज टुक्र्याइएको छ । अदालतले दुई टुक्रा बनायो, यो गलत थियो,’, बानियाँले भने, ‘अब पार्टी एकता गरेर जानुपर्छ। गाउँ गाउँमा कांग्रेस भए पनि भोट आएन ।’

    Post Views: 48
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार १७:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.