• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बागमती प्रदेश सभा बैठक: प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३१, आईतवार २०:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन् । आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगति भएको उनले जानकारी दिए ।

    मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताए । उनले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिए ।

    मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गरे । उनले कृषि उत्पादनलाई बढुवा दिन विपन्न समुदायको चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासीलगायत खस र आर्यलाई केन्द्रमा राखेर आगामी आव २०८३/८४ का लागि आर्थिक योजनाका कार्यक्रम ल्याइने जानकारी दिए ।

    सोही बैठकमा प्रदेशसभाअन्तर्गत रहेका पाँच वटा विभिन्न समितिका सभापतिहरूले आआफ्नो समितिको तर्फबाट सातौँ प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिको सातौँ प्रतिवेदन प्रस्तुत गर्नेमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य, कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुरप्रसाद ढकाल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ छन् ।

    बैठकमा विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले सो समितिको तेस्रो प्रतिवेदन छुट्टै पेस गरेका थिए । प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईँले अर्को बैठक असार १ गते अपराह्न ४:०० बजे बस्ने जानकारी दिँदै आजको बैठक स्थगित गरे ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार २०:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.