• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बागलुङ । काँधमा भारी । साथमा सयौँका संख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।

    बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्‍याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् ।

    जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन् । कतिपय गोठाला जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसके भने धेरैजसो यतिबेला खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ (बेँसी) झर्छन् ।

    बर्खाभरि लेकमा बस्ने गोठलाले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा गोठाला पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनौँ उतै बिताउने गर्छन् । लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्कसमेत हुँदैन । असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भएमात्रै बेँसी झर्छन् ।

     

    गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायत अग्ला पहाडी क्षेत्रमा पुग्छन् । बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताए । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उनको भनाइ छ ।

    घर्ती मगरले भने, ‘यतिका सम्पत्ति ९वस्तुभाउ० एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउन पर्छ, बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ, घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ, एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।’

    लेकमा बस्दा किसानले पशुपालनमात्रै गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा, चायोका सामग्री बनाउने गर्छन् । लेकमा उत्पादन भएका वस्तु बेँसी झरेपछि बिक्री गर्छन् । तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता बुकीपाटन पुगेका थिए । यसपालि बाली लगाउन ढिला हुँदा बल्ल बुकीपाटनका यात्रा गरेको बताए । आफ्ना छिमेकी एक साता अगाडि नै लेक उक्लिएको उनको भनाइ छ ।

    ‘म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा जहान (श्रीमती) बिरामी छ, बारीमा बालीनाली लगाउनुपर्ने, त्यसले गर्दा एक साता ढिला भयो,’ उनले भने, ‘एक महिनापछि फेरि बेँसी झर्ने काम छ, बेँसी झर्दा लेकमा साथीहरू हुन्छन्, उनीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला, अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।’

    ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानले भेडा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसक्नुभयो । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेको बताए । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको उनको भनाइ छ । लेकमा घाँस पलाइसकेको हुँदा अबको एक सातामा बेँसीमा रहेका सबै गोठाला उक्लिसक्ने अदै बताउँछन् ।

    अदैले भने, ‘हामी यसरी लेक बेँसी गर्न थालेको तीन/चार दशक बितिसक्यो, पढाइलेखाइ पनि भएन, देशविदेश पनि गइएन, यही वस्तुभाउ हेर्ने ज्यान पालन गर्नेबाहेक अरु केही गर्न सकिएन, बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो, अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा भरिभराउ हुन्छ ।’

    Post Views: 58
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०८:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.