• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ । स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो ।

    रुम म्याग्दी जिल्लाको ठूलो बस्तीमध्येमा पर्ने वडा हो । रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्ने यो सडकमा पछिल्लो दुई महिनायता नियमित सवारीसाधन सञ्चालन भइरहेका मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए।

    “मालिका गाउँपालिकाले सञ्चालन गरेको अदिभारा-टाक्से-रुम मोटर बाटो आयोजनामार्फत सडकको पहिरो रोकथाम, नयाँ मार्ग खोल्ने, ग्रेड तथा मोड सुधार गरेर छ वर्षपछि सवारीसाधन सञ्चालन हुने बनाइएको हो”, उनले भने, “रुमवासीलाई पालिकाको केन्द्र दरबाङ र जिल्ला सदरमुकाम बेनी आउन जानका लागि घुमाउरो सडकको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

    विसं २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्स्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ । पालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले बिलबाङ-टाक्से खण्डमा दुई दशमलव पाँच किमी नयाँ मार्ग खोल्ने, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकिएकामा ढलानको काम बाँकी रहेको वडाध्यक्ष बुढाथोकीले बताए।

    विसं २०८२ असारमा सम्पन्न हुनुपर्ने आयोजनाको काम निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न नसक्नु, प्रतिकूल भूगोललगायत कारणले एक वर्ष ढिलागरी सम्पन्न हुन लागेको हो । योसँगै रुम, बिलवाङका बासिन्दालाई निस्कोट र औँला हुँदै घुमाउँरो सडकको यात्रा गर्नुपर्ने समस्या हटेको स्थानीयवासी प्रकाश पटेलले बताए।

    रुमबाट जेम, बेली, औँला, स्याउलुङ हुँदै अदिभारा जोड्ने १७ किमी दूरीको घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा ३० मिनेट लाग्ने गरेकामा रुम-बिलवाङ-टाक्से-अदिभारा जोड्ने नौ किमी दूरी अब ४० मिनेटमा पार गर्न सकिने उनले बताए । सडक मर्मत भएपछि यात्राअवधि छोटिएको उनको भनाइ छ ।

    मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले उक्त खण्ड ठूलो बस्ती रुम र छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने छोटो दूरीको भएकाले अदिभारा-टाक्से-रुम सडकलाई पालिकाले प्राथमिकता दिएको बताए। स्थानीयको माग अनुसार टाक्से खोलामा मोटरेबल पुल निर्माण र पहिरोबाट प्रभावित जोखिमयुक्त सडकलाई सुरक्षित बनाउन पहल गरिएको उनले जानकारी दिए ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०९:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.