• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भारतसँग देखिएको चिया निर्यातको समस्या तत्काल समाधान गर्न सांसद राईको माग

  •  नेपाल चौतारी
  • २०८३ असार १, सोमबार १५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्।

    उनले सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएका सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई सचेत गराएकी हुन्।

    उनले भारततर्फको निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिइन्।

    नेपाली चिया किसान र उद्योगले भोग्नुपरेको सास्तीबारे संसद्मा बोल्दै उनले भनिन्, ‘नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलो भन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ। पटक पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठ्यारो बनाइरहने, यति बेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ। त्यस कारण म सम्माननीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि सबैभन्दा पहिले भारतीय सरकारसँग यो व्यापारको बारेमा डाइलग होस्। र भारत मात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर अरू किसानको उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस्। किसानहरूको उत्पादनको बजारको सुनिश्चित गरियोस्। उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस्।’

    Post Views: 60
    प्रकाशित मिति: २०८३ असार १, सोमबार १५:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.