• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

  •  नेपाल चौतारी
  • २०८३ असार २, मंगलवार १०:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो पहिलो खेलमा म्याक्सी आराउजोले खेलको अन्तिम समयमा गोल गरेपछि उरुग्वेले साउदी अरेबियासँग १–१ गोलको बराबरी खेलेको छ।

    गएराति मियामी रङ्गशालामा भएको यस खेलमा जित नजिक पुगेको साउदीको उरुग्वेले अंक खोसेको हो। यसअघि सोही समूहको अर्को खेलमा युरोपेली च्याम्पियन स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिइसकेको छ।

    सन् २०२२ को विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले हराएर सनसनी मच्चाएको साउदीले यसपटक पनि खेलको ४१ औँ मिनेटमा अब्दुलइलाह अलअम्रीको गोलमार्फत अग्रता लिएको थियो। मुसाब अलजुवेरको कर्नरमा मोहम्मद कान्नोको प्रहारलाई उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराले बचाए पनि रिबाउन्डमा अलअम्रीले बललाई जालीको दिशा दिएका थिए।

    स्पेनले अंक गुमाएको दिन उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले यस नतिजालाई गुमेको अवसरका रूपमा लिएका छन्। “हामीले जित्नैपर्ने प्रतिद्वन्द्वी थियो, पहिलो हाफमा हामीले सोचेजस्तो खेल्न सकेनौँ,” बिएल्साले खेलपछि असन्तुष्टि पोखे।

    साउदी अरेबियालाई ऐतिहासिक अंक दिलाउन गोलकिपर मोहम्मद अलोवाइसले उत्कृष्ट प्रदर्शन गरे। उनले फेडेरिको विनासका कतिपय प्रहार र खेलको अन्तिमतिर फेडेरिको भाल्भर्डे तथा जोसे मारिया जिमेनेजका सशक्त प्रहारलाई विफल बनाएका थिए। सन् १९९४ पछि पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्य राखेको साउदीका प्रशिक्षक जर्जियोस डोनिसले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरे।

    खेलको ८० औँ मिनेटमा विनासको हेड प्रहारलाई साउदी गोलकिपर अलोवाइसले रोके पनि रिवाउन्डमा आएको बललाई विङ्गर आराउजोले नियन्त्रणमा लिँदै नजिकको पोस्टबाट गोल गरेर उरुग्वेको संकट टारेका थिए। खेलपछि उरुग्वेका कप्तान विनासले पहिलो खेलको दबाब र हतारोका कारण सोचेजस्तो नतिजा आउन नसकेको बताए।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार १०:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.