• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रतिनिधिसभा : विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

  •  नेपाल चौतारी
  • २०८३ असार २, मंगलवार १५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

    बैठकमा सांसद पार्वती विकले विनियोजन विधेयक, २०८३ अन्तर्गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै कर्णालीका १० जिल्लामा सिँचाइका लागि रु तीन करोड बजेट विनियोजन गरिनु धेरै कम भएको बताउनुभयो । चालुतर्फका बजेटमा रु १०० घटाइयोस् भनी उहाँले प्रस्ताव गर्नुभयो ।

    सांसद ऐनबहादुर महरले विनियोजन विधेयक, २०८३ अन्तर्गत परराष्ट्र मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै बजेटले दूरदराज नदेखेको बताउनुभयो ।

    बूढानीलकण्ठ स्कुललाई रु १५ करोड बजेट छुट्याएर शिक्षा क्षेत्रमा कर लगाएकामा उहाँले विरोध जनाउनुभयो । ६२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने उल्लेख गर्नुहुँदै उहाँले त्यसतर्फ बजेटको ध्यान नगएको बताउनुभयो ।

    कृषिमा रु ४६ अर्बमात्र बजेट छुट्याएर नहुने सांसद महरको भनाइ थियो । रु दुई करोड लगानी गर्ने किसानलाई अनुदान दिने भनी केही निश्चित मानिसलाई पोस्न खोजिएको उहाँको आरोप थियो ।

    “अर्थमन्त्री पहिले ऋण लिएर देश बन्छ भन्नुहुन्थ्यो, अहिले आन्तरिक र बाह्य गरी रु ६५७ अर्ब बजेट लिने उल्लेख गर्नुभएको छ”, सांसद महरले भन्नुभयो ।

    सांसद पुष्पराज कँडेलले विनियोजन विधेयक, २०८३ अन्तर्गत अर्थ मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थ मन्त्रालयले खर्च गर्न नसक्ने तर पैसा किन थुपारेर राख्ने ? भनी प्रश्न गर्नुभयो ।

    अर्थ मन्त्रालयको बजेट विनियोजन प्रक्रियामा गम्भीर पुनरावलोकन गर्न उहाँले माग राख्नुभयो । कर्णाली राजमार्गलाई चालु आर्थिक वर्षमा रु एक अर्ब २५ करोड विनियोजन गरिएकामा यस वर्ष रु एक करोडमात्र छुट्याइएको उहाँले बताउनुभयो ।

    सांसद परशुराम तामाङले विनियोजन विधेयक, २०८३ अन्तर्गत अर्थ मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक सय रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै बूढानीलकण्ठजस्ता विद्यालयलाई बजेट दिएर सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा बजेट घटाइएकाले नवउदारवादको दोस्रो रूपमा बजेट आएको बताउनुभयो ।

    Post Views: 63
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार १५:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    प्रधानमन्त्री बालेन र अमेरिकी कार्यबहाक राजदूत मेगनबीच भेटवार्ता
    सिंहदरबारमा सर्वदलीय बैठक सुरू
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.