• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

क्षयरोगका बिरामी खोज्दै पालिका

  •  नेपाल चौतारी
  • २०८३ असार ३, बुधबार १३:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टीकापुर – टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरू क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार संकलन अभियान तीव्र पारिएको छ ।

    क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार संकलन र परीक्षण थालेको हो ।

    असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र, असार २ र ३ गते टीकापुर–७ नयाँबस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए।

    “लगातार खोकी लागिरहेका मानिस क्षयरोगी हुनसक्छन, परीक्षण गर्नुपर्छ”, उनी भन्छन्, “सङ्क्रमित मानिसले रोग लुकाउने, तत्काल उपचारमा नजाने समस्याले समुदायमा जोखिम बढ्दै गएको छ ।” नेपालमा क्षयरोगमुक्त पालिका बनाउन स्थानीय तह, समुदाय, स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन् । नेपाल सरकारले २०७८/७९ देखि सुरु गरेको ‘क्षयरोगमुक्त नेपाल अभियान’ झन्डै १५० पालिकामा विस्तार भएको छ । टीकापुरमा अहिलेसम्म १७४ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् ।

    “क्षयरोग निवारण पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सबै सेवा नि:शुल्क उपलब्ध गराउने गरिएको छ”, शाखा प्रमुख रावलले भने, “हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाएका छौँ । महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउछन् ।

    पालिकाले विद्यालय, सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह, टोलविकास संस्था, सहरी स्वास्थ्य केन्द्र सत्तीका अहेव गोविन्द कठायतले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताए।

    “सत्तरी वर्षमाथिका दम तथा श्वासप्रश्वासको समस्या भएका सबैको क्षयरोग परीक्षण गरिरहेका छौँ”, उनले भने, “यसका साथै अन्य जोखिममा रहेकाहरूको परीक्षणमा प्राथमिकता दिएका छौँ ।”

    टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाइँ जोखिममा रहेका समूह र ७० वर्षमाथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताए

    क्षयरोग भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस हुने, हल्का ज्वरो र छाती दुख्नेजस्ता समस्या देखा पर्छन् ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ असार ३, बुधबार १३:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.