• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सीप परीक्षण पास नगर्ने नेपाली अब साउदी जाने नपाउने, प्रतिश्रमिक १०० डलर अतिरिक्त भार

  •  नेपाल चौतारी
  • २०८३ असार ३, बुधबार १६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरूले अब सीप परीक्षण अनिवार्य गरिने भएको छ । सीप परीक्षणमा पास नहुने नेपाली अब साउदीमा काम गर्न जान नपाउने भएका हुन् । आजबाट यो नियम लागू भएको हो । सीप परीक्षणको लागि सीप परीक्षणका लागि श्रमिकले १ सय डलर तिर्न पर्ने छ ।

    यस नयाँ व्यवस्था अनुसार अब साउदी अरब जान चाहने हरेक नेपाली श्रमिकले अनिवार्य रूपमा तोकिएको परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र लिनु पर्नेछ । सीप परीक्षण पास नगरेका श्रमिकहरूले साउदी अरबका लागि श्रम स्वीकृति र भिसा पाउँदैनन् ।

    यो व्यवस्था लागू भएसँगै वैदेशिक रोजगारीमा जाने विपन्न नेपाली श्रमिकहरूमाथि थप आर्थिक भार थपिने निश्चित भएको छ । परीक्षा र प्रमाणपत्र उपलब्ध गराउने नाममा प्रतिश्रमिक १०० अमेरिकी डलर (करिब १५,००० नेपाली रुपैयाँ) शुल्क तोकिएको छ ।

    वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार यो शुल्क साउदी जान चाहने श्रमिकले यो शुल्क तिर्नु पर्ने छ ।

    उनले भने, ‘सीप परीक्षण पास नभई अब नेपाली साउदीमा कम गर्न जान पाउँदैन । भने, त्यसका लागि थप १ सय डलर आर्थिक भार श्रमिकलाई थपिने छ । विभिन्न बहानामा आर्थिक शोषणमा पर्दै आएका नेपाली श्रमिकहरूलाई थप मर्कामा पार्ने छ । यस प्रक्रियामा ठूलो चलखेल र सिन्डिकेटको रहेको छ ।

    नेपाल सरकारसँग उचित समन्वय र परामर्श नगरी, बीचका बिचौलिया र केही सीमित ट्रेनिङ सेन्टरहरूलाई फाइदा पुर्‍याउने गरी यो प्रणाली भित्र्याएको हो । परीक्षा शुल्क बापत लिइने १५ हजार रुपैयाँका अतिरिक्त परीक्षा उत्तीर्ण गराइदिने सेटिङका नाममा श्रमिकहरूबाट थप ३० देखि ४० हजार रुपैयाँसम्म असुल गर्ने एउटा नयाँ भाँडो तयार गरिएको हो ।

    साउदीमा भिसा लगाउने नयाँ श्रमिकहरूका हकमा यो नियम पूर्ण रूपमा लागू हुने र यसले समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै प्रभावित पार्ने छ ।’

    नेपाल सरकार र सरोकारवाला निकायले समयमै यस विषयमा ध्यान नदिए सीप परीक्षणका नाममा नेपाली श्रमिकहरू ठगीको नयाँ चक्रव्यूहमा फस्ने छन् । यसले वैदेशिक रोजगारीको लागत अझ बढाउने देखिएको छ ।

    साउदी सरकारले आफ्नो देशमा भित्रिने विदेशी श्रमिकहरूको गुणस्तर र दक्षता सुनिश्चित गर्ने उद्देश्यले यो प्रणाली लागू गरेको बताएको छ ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ असार ३, बुधबार १६:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.