• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘परम्परागत गृह प्रशासनलाई ‘डिजिटल’ रूपान्तरण गर्ने बजेटको लक्ष्य’ : गृहमन्त्री गुरुङ

  •  नेपाल चौतारी
  • २०८३ असार ४, बिहीबार १८:४३ प्रकाशित
    प्रतिनिधिसभा बैठकमा मन्त्री काठमाडौँ, ४ असारः गृहमन्त्री सुधन गुरूङ बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षक माथिको छलफलमा गृह मन्त्रालयसम्बन्धी उठेका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी आवको बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रूपान्तरण गर्ने लक्ष्य राखिएको बताएका छन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट अंकहरूको सूचीमात्र नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय संकल्प भएको बताए।

    “नेपाली जनताको पसिनाबाट संकलित यो बजेटको एक/एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, गृहमन्त्री गुरुङले भने । उनले सुरक्षाकर्मीको मनोबल बढाउन थप कार्यक्रम र बजेटको व्यवस्था गरिएको जानकारी दिए।

    नदीजन्य पदार्थको दोहन रोक्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिँदै उनले विभिन्न मन्त्रालयसँग समन्वय गरिएको बताए। गृहमन्त्री गुरुङले जाजरकोट भूकम्पबाट प्रभावितका समस्या समाधान गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

    प्रहरीको पोशाक खरिदसम्बन्धी प्रक्रियामा देखिँदै आएको गुनासो सम्बोधन गर्न मन्त्रालय लागिरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भने, “प्रहरीको पोशाकमा खर्चँदै आइएको रकम प्रहरीलाई नै दिएर उहाँहरू आफैँले खरिद गर्ने भन्ने मन्त्रालयको योजना छ, ताकी कुनै पनि बिचौलियाले यसमा चलखेल गर्न नसकुन् ।”

    गृहमन्त्री गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्न मन्त्रालय संवेदनशील रहेको जानकारी दिए । लागुऔषधको कारोबार र सेवन, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ असार ४, बिहीबार १८:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.