• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

६ दिन ढिलो नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

  •  नेपाल चौतारी
  • २०८३ असार ६, शनिबार ०८:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) मनसुन कोशी प्रदेशका केही भू–भागमा प्रवेश गरेको हो।

    महाशाखाले जारी गरेको सूचनामा हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको उल्लेख गर्दै देशभर फैलिन अझै केही दिन लाग्ने जनाएको छ। अहिले पूर्वी नेपालका सीमित क्षेत्रमा मात्रै मनसुनको प्रभाव देखिन थालेको छ।

    सामान्यतया नेपालको पूर्वी भू–भागमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ (जेठ ३० गते) मानिन्छ। तर यस वर्ष मनसुन जुन १९ (असार ५ गते) मात्रै नेपाल भित्रिएकाले निर्धारित समयभन्दा ६ दिन ढिलो भएको महाशाखाको तथ्यांकले देखाएको छ।

    मौसमविद्हरूका अनुसार बंगालको खाडी र आसपासका क्षेत्रबाट विकसित हुने मनसुनी प्रणाली क्रमशः सक्रिय बन्दै गएपछि आगामी दिनमा देशका अन्य प्रदेशमा पनि यसको विस्तार हुने सम्भावना छ। यद्यपि मनसुनको गति र प्रभाव मौसमीय अवस्थाअनुसार फरक–फरक हुन सक्ने बताइएको छ।

    महाशाखाले मनसुनसँगै वर्षा, मेघगर्जन तथा चट्याङका गतिविधि बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न सुझाव दिइएको छ।

    मौसम पूर्वानुमान महाशाखाले मनसुनको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जानकारी दिँदै आवश्यकताअनुसार अद्यावधिक सूचना सार्वजनिक गरिने जनाएको छ। साथै सर्वसाधारणलाई नियमित रूपमा मौसम बुलेटिन तथा विभागले जारी गर्ने सूचनाहरूको पालना गर्न आग्रह गरिएको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ असार ६, शनिबार ०८:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.