• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्विडेनमाथि नेदरल्यान्ड्सको ५-१ गोलको फराकिलो जित

  •  नेपाल चौतारी
  • २०८३ असार ७, आईतवार ०७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाउने सम्भावना लगभग सुनिश्चित गरेको छ ।

    रोनाल्ड कोम्यानको टोलीका लागि ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपेका थिए । स्विडेनका लागि सान्त्वना गोल एन्थोनी एलाङ्गाले गरेका थिए ।

    जापानविरुद्धको २-२ को बराबरी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका समरभिललाई सुरुआती टोलीबाट बाहिर राख्दै ब्रोबेलाई मौका दिइएको थियो । प्रशिक्षक कोम्यानको त्यो निर्णय सही साबित भयो ।

    खेलको पाँचौँ मिनेटमै नेदरल्यान्ड्सले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै अग्रता बनायो । गोलरक्षक बार्ट फेर्ब्रुगेनको लामो पासलाई नियन्त्रणमा लिएर ब्रोबेले गाक्पोलाई बल उपलब्ध गराए र त्यसपछि पेनाल्टी क्षेत्रमा पुगेर गाक्पोको लो क्रसलाई गोलमा परिणत गरेका थिए । खेलको १७औँ मिनेटमा ब्रोबेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । डेन्जेल डुम्फ्रिसको लो क्रसमा उनले स्विडेनका रक्षक इसाक हिएनलाई पछि पार्दै सहज गोल गरेका थिए ।

    पहिलो हाफको अतिरिक्त समयमा स्विडेनले अन्तर घटाएको जस्तो देखिएको थियो । गुस्ताफ लागरबिएल्केले फ्रिकिकमा गोलरक्षकलाई उछिन्दै जाली चुमाए पनि अफसाइडका कारण गोल मान्यता पाएन ।

    दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै नेदरल्यान्ड्सले तेस्रो गोल थप्यो । डुम्फ्रिसको अर्को खतरनाक क्रसमा गाक्पोले पछिल्लो पोस्टमा सहज ट्याप गर्दै गोल गरेका थिए । खेलको ५४औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल पूरा गरे । दोस्रो हाफ सुरुसँगै मैदान प्रवेश गरेका समरभिलले तीव्र गतिमा अगाडि बढ्दै गाक्पोलाई पास उपलब्ध गराए र उनले तल्लो कुनामा उत्कृष्ट प्रहार गर्दै गोल गरे ।

    यो गोलसँगै यस विश्वकपमा ३३ खेलमा कुल १०० गोल पूरा भएको छ । सन् १९५८ पछि विश्वकपमा सबैभन्दा छिटो एक सय गोलको कीर्तिमान बनेको हो । स्विडेनले ५९औँ मिनेटमा एक गोल फर्कायो। वैकल्पिक खेलाडी एलाङ्गाले उत्कृष्ट थ्रु पासमा दौडिँदै गोलरक्षक फेर्ब्रुगेनमाथिबाट बल उचालेर गोल गरेका थिए । तर अन्तिम समयमा समरभिलले पनि आफ्नो नाम गोलकर्ताको सूचीमा लेखाए । उनले तीव्र गतिमा अघि बढ्दै तल्लो कुनामा सटिक प्रहार गरेर नेदरल्यान्ड्सको शानदार जित सुनिश्चित गरे ।

    यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ । स्विडेनले भने नकआउट चरणमा पुग्न अन्तिम समूह खेलमा जापानविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने देखिएको छ ।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ असार ७, आईतवार ०७:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.