• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रास्वपा सभापतिको उम्मेदवार बन्न ५१ जना समर्थक चाहिने, केन्द्रीय सदस्यलाई पनि २१ समर्थक अनिवार्य

  •  नेपाल चौतारी
  • २०८३ असार ७, आईतवार ०९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्वका लागि भोलीदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्वका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको तालिका अनुसार उम्मेदवारी मनोनयनका लागि भोली दिउँसो १ बजेदेखि वितरण हुने उम्मेदवारी मनोनयनपत्र दिउँसो २ बजेदेखि ४ बजेसम्म दर्ता हुनेछन् ।

    उम्मेदवारहरूको प्रारम्भिक नामावली बेलुका ६ बजे सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ बेलुका ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति सवा ९ बजेसम्म निर्धारण गरिएको छ ।

    कार्य तालिकाअनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान पर्सि असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ ।

    सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, पदाधिकारीका लागि १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछ । केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ । मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने तालिकामा उल्लेख छ ।

    Post Views: 30
    प्रकाशित मिति: २०८३ असार ७, आईतवार ०९:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.